Updates

   

सहजकर्ताहरुलाई मेलमिलाप सम्बन्धी मोडुलर प्रशिक्षक प्रशिक्षण तालिम

इलाम, १५ साउन
मेलमिलाप सम्बन्धी तालिमको सहजकर्ता उत्पादनको उद्देश्यले कोशी प्रदेशका विभिन्न जिल्लाका सहभागीहरुको सहभागितामा सञ्चालित ५ दिने तेस्रो मोडुलर तालिम आज सम्पन्न भयो । तालिम साउन ११ गते देखि १५ गतेसम्म सञ्चालन भएको थियो । मानवअधिकार मञ्च नेपाल र नागरिक शान्ति सेवा जिआईजेडको सहकार्यमा सञ्चालित तेस्रो मोडुलर तालिममा मेलमिलाप सम्बन्धी तालिमको सहजीकरण र तालिमको समग्र सहजीकरण सीपका बारेमा प्रशिक्षक प्रशिक्षण गरिएको थियो । तालिममा कोशी प्रदेशका १६ जना सहजकर्ताहरु सहभागी भएका थिए । यस अघि यिनै सहजकर्ताहरुलाई आधारभूत मेलमिलाप सम्बन्धी तालिम सहजीकरण, अहिंसात्मक सम्बादमा आधारित मेलमिलाप साथै मनोसामाजिक सहयोग सम्बन्धी सीपमा आधारित पहिलो र दोस्रो मोड्यूलहरु सञ्चालन गरिएको थियो । तीन वटै मोड्युलहरुमा जम्मा २० दिन तालिम सञ्चालन भएको थियो । तालिमप्राप्त सहजकर्ताहरुले मेलमिलाप सम्बन्धी तालिमको सहजीकरण गर्ने छन् । तालिम मञ्चका लागि नागरिक शान्ति सेवा कार्यक्रम जिआईजेडका अन्तराष्टिय शान्ति सल्लाहकार तथा अहिंसात्मक सञ्चारका अन्तराष्टिय सहजकर्ता मिरोनेल डि वाइल र मानवअधिकार मञ्च नेपालका स्थानीय शान्ति सल्लाहकार योगराज सापकोटा, सहजकर्ताहरु देवेन्द्र विश्वकर्मा, मनकुमार बराईली, याम माबो, पारस राई, गायत्री थेगिम तथा रुद्र थेवेले सहजीकरण गरेका थिए । कार्यक्रम स्थानीय तहमा न्यायिक संरचनाको सवलीकरण तथा मानवअधिकारको संरक्षण परियोजना अन्तरगत सञ्चालन भएको थियो ।