Updates

   

ओखलढुङ्गा जिल्लाको न्यायिक समितिहरुसँगको तालिम सम्पन्न

इलाम, ११ भदाै २०८०
ओखलढुङ्गा जिल्लाको न्यायिक समितिका पदाधिकारीहरुसँगको विवाद, मेलमिलाप र न्यायिक समितिको कार्यसम्पादन प्रकृया सम्बन्धी ५ दिवसीय कार्याशाला तालिम आज इलाममा सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका स्थानीय तहका उपप्रमख/उपाध्यक्ष तथा न्यायिक समिति संयोजक, न्यायिक समितिका सदस्यहरु र उजुरी प्रशासकहरुको उपस्थिति रहेको थियो । भदौ ७ गतेदेखि सञ्चालित कार्यक्रममा नेपालको संविधान बमोजिम गठित न्यायिक समितिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नेपालको प्रचलित कानूनहरुले न्यायिक समितिलाइ विवादहरुको कारवाही र किनारा गर्दा अपनाउनुपर्ने प्रकृयाहरुको विषयमा अभ्यासमूलक छलफल भएको थियो । यसैगरि न्यायिक समितिले विवाद समाधानका लागि अपनाउनुपर्ने मेलमिलाप प्रकृयाको विषयमा छलफल भयो । कार्याशालाको सहजीकरण मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्मा, वरिष्ठ अधिवक्ता जसबहादुर लुङ्गेली, मनकुमार बराइली लगायतका सहजकर्ताहरुले गर्नुभएको हो । ओखलढुङ्गा जिल्लाको स्थानीय न्याय सेवालाइ  प्रभावकारी बनाउन ५ दिनको कार्याशाला फलदायी भएको कार्यक्रममा उपस्थित जिल्लाका न्यायिक समितिका संयोजक एवम् पदाधिकारीहरुको बुझाइ छ । मानवअधिकार मञ्च नेपालले GIZ-CPS को सहयोगमा न्यायिक समितिहरुको सवलीकरण तथा मानवअधिकार संरक्षण कार्यक्रम अन्तरगत सो कार्यक्रम भएको हो ।