Updates

   

संरक्षक शिक्षकहरु र स्वास्थ्यकर्मीहरुलाई मनोविमर्श तालिम 

इलाम 
२२ भदौ, २०८०
सन्दकपूर गाउँपालिकाका विद्यालय स्थित बालक्लवका संरक्षक शिक्षकहरु तथा सवै स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु सहित २० जना सहभागीहरुलाई २ दिने मनोसामाजिक मनोविमर्श तालिम यही भदौ २० र २१ गते सञ्चालन भयो । तालिममा मनोसामाजिक मनोविमर्शको परिचय, मनोसामाजिक समस्याका कारण, असर, पहिचान गर्ने तरिका र निदानका आधारभूत प्रकृया बारेमा सहजीकरण गरिएको थियो । मनोविमर्शकर्ताहरु क्रमश ः रुद्र थेवे र गायत्री थेगिमले तालिमको सहजीकरण गरेका थिए । मनोसामाजिक समस्याको निदानमा सहयोग पु¥याउन आधारभूत तहको जनशक्ति निर्माण गरी समस्यामा परेका व्यक्तिहरुलाई मनोविमर्शकर्ताहरु सम्म पु¥याउन सहयोग पुग्ने उद्देश्यले तालिम प्राप्त जनशक्ति निर्माण गरिएको हो । तालिमलाई सन्दकपूर गाउँपालिकाको बालअधिकार समितिले स्थानीय समन्वय गरेको थियो । तालिम मानवअधिकार मञ्च नेपालको आयोजना तथा नागरिक शान्ति सेवा जिआईजेडको सहयोगमा न्यायिक संरचनाको सवलीकरण तथा मानवअधिकारको संरक्षण परियोजना अन्तरगत सञ्चालन भएको थियो ।