Updates

   

खोटाङ्ग जिल्लाका न्यायिक समितिहरुलाई विवाद, मेलमिलाप र न्यायिक कार्यसम्पादन सम्बन्धी तालिम 

इलाम, ५ भदौ २०८०
मानवअधिकार मञ्च नेपालको आयोजना तथा खोटाङ्ग जिल्लाका स्थानीय तहहरुको सहकार्य साथै नागरिक शान्ति सेवा जिआईजेडको सहयोग, खोटाङ्ग जिल्लाका १० वटा स्थानीय तहका न्यायिक समितिका २८ जना सहभागीहरुलाई विवाद, मेलमिलाप र न्यायिक कार्य सम्पादन सम्बन्धी ५ दिने आवसिय तालिम आज सम्पन्न भयो । तालिम भदौ १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको थियो । तालिममा न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनु पर्ने प्रकृयाका बारेमा अभ्यासमूलक सीप, न्यायिक समितिको भूमिका, विद्यमान कानून र न्यायिक समिति, विवाद, मेलमिलाप र प्रकृया जस्ता विषयहरु समेटिएका थिए । तालिम मानवअधिकार मञ्चका देवेन्द्र विश्वकर्मा, मनकुमार बराईली, वरिष्ठ अधिवक्ता जे बी लुङ्गेली, जिल्ला अदालत इलामका जिल्ला न्यायाधिस, प्रमुख जिल्ला अधिकारी लगायतले सहजीकरण गरेका थिए । तालिम स्थानीय न्यायिक संरचनाहरुको सवलीकरण र मानवअधिकारको संरक्षण परियोजना अन्तरगत सञ्चालन भएको थियो ।