Updates

   

तेह्रथुम जिल्लाका न्यायिक समितिहरुलाई विवाद, मेलमिलाप र न्यायिक कार्यसम्पादन सम्बन्धी तालिम 

इलाम, २३ भदौ २०८०
मानवअधिकार मञ्च नेपालको आयोजना तथा तेह्रथुम जिल्लाका स्थानीय तहहरुको सहकार्य साथै नागरिक शान्ति सेवा जिआईजेडको सहयोगमा तेह्रथुम जिल्लाका ४ वटा स्थानीय तहका न्यायिक समितिका १६ जना सहभागीहरुलाई विवाद, मेलमिलाप र न्यायिक कार्य सम्पादन सम्बन्धी ५ दिने आवसिय तालिम हिजो सम्पन्न भयो । तालिम भदौ १८ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको थियो । तालिममा न्यायिक समितिले कार्य सम्पादन गर्दा अपनाउनु पर्ने प्रकृयाका बारेमा अभ्यासमूलक सीप, न्यायिक समितिको भूमिका, विद्यमान कानून र न्यायिक समिति, विवाद, मेलमिलाप र प्रकृया जस्ता विषयहरु समेटिएका थिए । तालिम मानवअधिकार मञ्चका देवेन्द्र विश्वकर्मा, मनकुमार बराईली, वरिष्ठ अधिवक्ता जे बी लुङ्गेली, जिल्ला अदालत इलामका जिल्ला न्यायाधिस, प्रमुख जिल्ला अधिकारी लगायतले सहजीकरण गरेका थिए । तालिम स्थानीय न्यायिक संरचनाहरुको सवलीकरण र मानवअधिकारको संरक्षण परियोजना अन्तरगत सञ्चालन भएको थियो ।