- सोमबार-पौष-१५-२०८१|Monday-December-2024
तेह्रथुुम जिल्लाका न्यायिक समितिका पदाधिकारीहरु तथा उजुरी प्रशासकहरुलाई दुईदिने पुनर्ताजगी तालिम अगष्ट ३० र ३१ गते तेह्रथुमको म्याङ्गलङ्गमा सम्पन्न भयो । तालिममा अनुभव तथा प्रगतिको आदान प्रदान, विद्यमान समस्या र सवालहरु न्यायिक समितिको कार्यसम्बन्धि पछिल्ला परिमार्जित कानून सम्बन्धि जानकारी साथै कार्ययोजनाका बारेमा छलफल भएको थियो । तालिम मन कुमार बराईलीले सहजीकरण गरेका थिए । तालिम । कार्यक्रम नागरिक शान्तिसेवा जिआईजेडको सहयोग , मानवअधिकार मञ्च नेपाल इलामको स्थानीय तहमा न्यायिक संरचनाहरुको सवलीकरण र मानवअधिकारको संरक्षण परियोजना अन्तरगत आयोजना गरिएको थियो ।