
- शनिबार-बैशाख-१३-२०८२|Saturday-April-2025
सर्वोच्च अदालत मेलमिलाप परिषद् र मानव अधिकार मञ्च नेपालको संयुक्त आयोजना, इलाम जिल्लाका स्थानीय तहहरुसँगको सहकार्यमा भएको मेलमिलाप सम्बन्धि ८ दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा मेलमिलाप परिषद्का अध्यक्ष कुमार रेग्मी ज्युले उद्घाटन गर्नुभएको तालिम वैशाख ३ देख १० गतेसम्म सञ्चालन भयो ।
तालिम समापन तथा प्रमाणपत्र वितरण समारोहमा उच्च अदालत बिराटनगर इलाम इजलासका मूख्य भइ काम गर्ने माननीय न्यायाधीश श्री विपुल न्यौपाने, इलाम जिल्ला अदालतका माननीय न्यायाधीश रोशन गजुरेल, वरिष्ठ अधिवक्ता जेवी लुङ्गेली, उच्च अदालत बिराटनगर इलाम इजलासका रजिस्ट्रार जगदिश्व, भट्टराई, इलाम जिल्ला अदालतका श्रेस्तेदार इन्द्,कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
तालिमको सहजीकरण मेलमिलाप परिषद्का सदस्य तथा प्रमुख प्रशिक्षक चुप बहादुर थापा, मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्मा, याम माबोहाङले गर्नुभएको थियो । तालिम मानवअधिकार मञ्च नेपाल इलाम तथा नागरिक शान्तिसेवा कार्यक्रम जिआइजेडको सहकार्यमा सञ्चालित स्थानीय तहमा न्यायिक सरचनाको सवलीकरण तथा मानवअधिकारको सरक्षण परियोजना अन्तरगत आयोजना गरिएको थियो ।