- शनिबार-पौष-६-२०८१|Saturday-December-2024
मानवअधिकार मञ्च र नागरिक शान्तिसेवा जिआईजेडको संयुक्त प्रतिनिधिमण्डलले कोशी प्रदेशका भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका विभिन्न न्यायिक समितिहरु, जिल्ला समन्वय समिति तथा पालिकामा स्थलगत अवलोकन, अन्तरक्रिया तथा छलफलहरु गरि अनुगमन सम्पन्न गरेको छ । मानवअधिकार मञ्च नेपाल र नागरिक शान्ति सेवा कार्यक्रम जिआईजेडले कोशी प्रदेशका न्यायिक समितिहरुको क्षमता विकास, मेलमिलापकर्ता उत्पादनमा सहयोग गर्दै आएको छ । कार्तिक ७ गते देखि ९ गते सम्म सञ्चालित अनुगमन कार्यक्रममा नागरिक शान्ति सेवा जिआईजेडका तर्फबाट संयोजक ईभा गाडरा र अन्तराष्टिय शान्ति सल्लाहकार मिरोनेल डि वाईल्ड साथै मानवअधिकार मञ्च नेपालबाट स्थानीय शान्ति सहजकर्ताहरु योगराज सापकोटा र पारस राईको सहभागिता थियो । अनुगमन टोलीले तेह्रथुम जिल्लाका आठराई गाउँपालिका, फेदाप गाउँपालिका, म्याङ्गलुङ नगरपालिकामा भेटघाट गरेको थियो । यसैगरी भोजपूरको षडानन्द नगरपालिका, संखुवासभाका चैनपूर र खाँदबारी नगरपालिका साथै जिल्ला समन्वय समिति संखुवासभाको भ्रमण गरेको थियो ।