झापा, बैशाख ४, २०८३
दलित समुदायले भोग्दै आएका प्रमुख समस्या र चुनौतीहरू पहिचान गर्ने उद्देश्यका साथ झापामा आज एक कार्यशाला सम्पन्न भएको छ। उक्त कार्यक्रममा जिल्लाभरका दलित अधिकारकर्मी तथा नेतृत्वहरूको सहभागिता रहेको थियो, कार्यक्रममा रणनीतिक पैरवी र सामाजिक न्यायका विषयमा सघन छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षता र जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यशालाको सहजीकरण विषय विज्ञ कर्ण बहादुर नेपालीले गर्नुभएको थियो।यो कार्यक्रम मिजेरिएर जर्मनी (Misereor Germany) को सहयोग र जिल्ला समन्वय समिति झापासँगको समन्वयमा मानव अधिकार मञ्च नेपाल द्वारा आयोजना गरिएको हो। यो कार्यशाला "मर्यादा सुनिश्चितताका लागि ऐक्यवद्धता: स्थानीय तहमा नीतिगत सचेतना मार्फत जातीय विभेद विरुद्धको सामूहिक प्रयास" नामक परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। सन् २०२६ जनवरीदेखि कोशी प्रदेशका चार जिल्लाहरू—इलाम, झापा, पाँचथर र ताप्लेजुङमा यो अभियान विशेष रूपमा सञ्चालित छ।



.jpeg)

.jpeg)
